लोसपा निकट लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला, शिक्षकमा सुरेन्द्र, युवामा मनिष

हिमाल प्रेस ११ वैशाख २०८२ ६:५२ | Thursday, April 24, 2025
लोसपा निकट लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला, शिक्षकमा सुरेन्द्र, युवामा मनिष लोकतान्त्रिक महिला संघ केन्द्रीय संयोजक निर्जला राउत साथमा विद्यार्थी संघका महासचिव समर साह।

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को भ्रातृ संगठन लोकतान्त्रिक महिला संघ केन्द्रीय संयोजक (प्रभारी) को संयोजकको जिम्मेवारी निर्जला राउत नियुक्त भएकी छन्।

लोसपाले निर्जलालाई महाधिवेशनसम्मका लागि जिम्मेवारी दिएको हो। महासचिव डा. सुरेन्द्र कुमार झालाई राष्ट्रिय शिक्षक मञ्च, महासचिव मनिष कुमार मिश्रलाई लोकतान्त्रिक यूवा संघको प्रभारीमा तोकिएको हो।

त्यस्तै अर्का महासचिवद्वय विमल केडियालाई लोकतान्त्रिक ट्रेड युनियन महासंघ, बिनोद कुमार सिंहलाई मधेसी निजामती कर्मचारी मञ्च र पार्टीका सचिव ज्ञानेन्द्र झा (ज्ञानु) लाई लोकतान्त्रिक विद्यार्थी संघको प्रभारी बनाइएको हो।

 

 

प्रकाशित: ११ वैशाख २०८२ ६:५२ | Thursday, April 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast