पर्वत- लिमिठाना-अर्चले-भँगरा सडक चार करोड ६२ लाखको लागतमा कालोपत्र गर्न थालिएको छ।
गत सोमबारदेखि प्रारम्भ भएको काम चालु आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको फलेवास नगरपालिका-७ का अध्यक्ष केशर पन्तले जानकारी दिए।
यो सडकले फलेवास नगरपालिकाका तीनवटा वडाका साथै राष्ट्रिय राजमार्गसँग जोड्ने छ। पहिलो चरणमा एक किलोमिटर कालोपत्र हुने उनले बताए।
यो सडकखण्डअन्तर्गत लमायखोलादेखि लिमिठानासम्मको खण्ड यसअघि नै कालोपत्र भइसकेको छ। पूर्वाधार विकास कार्यालय र फलेवास नगरपालिकाको साझेदारीमा यसअघिनै पाँच किलोमिटर सडक कालोपत्र भएको हो।
प्रकाशित: ५ वैशाख २०८२ ९:४५ | Friday, April 18, 2025
प्रतिक्रिया




