लघुवित्त र सहकारी पीडितले दिए कडा आन्दोलनमा उत्रने चेतावनी

हिमाल प्रेस २ वैशाख २०८२ १५:४७ | Tuesday, April 15, 2025
लघुवित्त र सहकारी पीडितले दिए कडा आन्दोलनमा उत्रने चेतावनी

काठमाडौँ- लुघ वित्त पीडितहरुले आफूहरुका शान्तिपूर्ण आवाज सम्बोधन गर्न चासो नदेखाइएको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। काठमाडौँमा मंगलबार पत्रकार सम्मेलन गर्दै उनीहरूले आफूहरूको मागलाई सम्बोधन गर्नुको सट्टा दमन गरेको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

‘सहकारी, लघुवित्त तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासंघ’ द्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मनिराम ज्ञवालीले ४० महिनादेखिको शान्तिपूर्ण आन्दोलनलाई सरकार र राजनीतिक दलहरुले कमजोरीका रूपमा नलिन चेतावनी दिए। उनले आफ्नो अधिकारका लागि लड्ने जनताले कहिल्यै नहारेको बताउँदै न्यायिक लडाइँमा पनि शासकहरु घुँडा टेक्न बाध्य जिकिर गरे।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)का अध्यक्ष कुशलव केसीले लघुवित्त, सहकारी र मिटरब्याजीहरुसँग पटकपटक भएका सम्झौताहरुलाई कागजमै सीमित राखेर पीडितलाई सडकमै कुट्नु, गिरफ्तार गर्नु र अनावश्यक दुःख दिनु गैरन्यायिक कार्य भएको बताए।

केसीले अब आउने दिनमा पनि राज्यले उल्टो बाटो समातेर अगाडि बढे त्यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए। उनले वैशाख ४ गते सम्पूर्ण पीडितहरु सडकमा उत्रने र ठूलो प्रदर्शन गर्ने तयारी भइरहेको बताए।

प्रकाशित: २ वैशाख २०८२ १५:४७ | Tuesday, April 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast