रेशम चौधरी प्रज्ञा भवनबाट पक्राउ

हिमाल प्रेस १७ वैशाख २०८२ १३:२७ | Wednesday, April 30, 2025
रेशम चौधरी प्रज्ञा भवनबाट पक्राउ रेशम चौधरी

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन्।कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान पुगेका चौधरीलाई बुधबार मध्याह्न प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रज्ञा भवनमा जनमत र नाउपा पार्टी एकताको कार्यक्रम हुँदै थियो। उक्त कार्यक्रम सुरु हुनुपूर्व नै रेशम पक्राउ परेका हुन्। रेशम पक्राउ परेको जनमतका अध्यक्ष सीके राउतले पुष्टि गरेका छन्।

उनले पुरानो मुद्दालाई आधार बनाएर पक्राउ गरेकोमा आपत्ति जनाएका छन्। उनले पार्टी एकीकरणको आजको कार्यक्रम पनि स्थगित भएको उल्लेख गरेका छन्।

प्रकाशित: १७ वैशाख २०८२ १३:२७ | Wednesday, April 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast