रूसी आक्रमणमा परी २१ युक्रेनीको मृत्यु

हिमाल प्रेस ३१ चैत २०८१ १७:३६ | Sunday, April 13, 2025
रूसी आक्रमणमा परी २१ युक्रेनीको मृत्यु फाइल तस्बिर

काठमाडौँ– युक्रेनको सुमी सहरको मध्यभागमा आइतबार भएको रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएको युक्रेनी आकस्मिक सेवाले जनाएको छ।

‘रुसी ब्यालेस्टिक क्षेप्यास्त्र सहरको मध्य क्षेत्रमा मानिसहरूको बाक्लो आवतजावत भइरहेको क्षेत्रमा प्रहार गरिएको थियो,’ युक्रेनी आकस्मिक सेवाले सामाजिक सञ्जालमा विज्ञप्ति जारी गरेर भनेको छ, ‘प्रारम्भिक तथ्यांकअनुसार अहिलेसम्म २१ जनाको मृत्यु भएको छ भने कम्तीमा २० जना घाइते भएका छन्।’

आइतबार भएको आक्रमणमा परी घाइते हुनेको संख्या ८३ पुगेको किएभले जनाएको छ।

‘सात बालबालिकासहित ८३ जना घाइते भएका छन्,’ गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उद्धार कार्य जारी छ।’– रासस/एएफपी

प्रकाशित: ३१ चैत २०८१ १७:३६ | Sunday, April 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast