राष्ट्रसंघद्वारा जम्मू–कश्मीरमा भएको आक्रमणको निन्दा गर्दै न्यायको माग

हिमाल प्रेस १३ वैशाख २०८२ १७:५५ | Saturday, April 26, 2025
राष्ट्रसंघद्वारा जम्मू–कश्मीरमा भएको आक्रमणको निन्दा गर्दै न्यायको माग

काठमाडौँ– संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी) ले २२ अप्रिलमा जम्मू–कश्मीरमा भएको आतंकवादी आक्राणको कडा निन्दा गर्दै न्यायको माग गरेको छ। आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए।

काउन्सिलका अध्यक्ष जेरोम बोनाफन्टले पीडित भारत र नेपाल सरकार तथा पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

आक्रमणले विश्वव्यापी आक्रोश निम्त्याएको जनाउँदै यूएनएससीले अपराधीहरूलाई न्यायको कठघरामा ल्याउने तत्कालीन आवश्यकतामा उनले जोड दिएका छन्।

आतंकवाद विश्वव्यापी शान्ति र सुरक्षाका लागि खतरा भएको परिषद्ले उल्लेख गरेको छ।

विज्ञप्तिमा कुनै पनि निर्दोष नागरिकहरूलाई लक्षित गरी आक्रमण गर्न नहुने विषयमा जोड दिइएको छ। यूएनएससीले जम्मू र कश्मीरको द्वन्द्वको प्रभावले आतंकवादी गतिविधिहरूमा बढ्दो अन्तर्राष्ट्रिय चिन्ता थपिएको जनाइएको छ।

आक्रमणप्रतिको जवाफदेहितामा जोड दिँदै यूएनएससीले आक्रमणका जिम्मेवारहरू विरुद्ध निर्णायक कारबाही गर्न आह्वान गरेको छ। विज्ञप्तिमा न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय कानुन र विद्यमान सुरक्षा परिषद्को प्रस्तावअन्तर्गत सहयोग गर्न सबै राष्ट्रलाई आग्रहसमेत गरिएको छ।

जानकारी साझा गर्ने, संदिग्धहरूलाई सुपुर्दगी गर्ने र आतंकवादी सञ्जाललाई आर्थिक सहयोग कटौती गर्नेजस्ता कुराहरू अपिलमा समावेश छन्।

राजनीतिक, वैचारिक वा धार्मिक अभिप्रेरणाको प्रवाह नगरी आतंकदवाद कुनै पनि परिस्थितिमा अन्यायपूर्ण रहेको विज्ञप्तिमा दोहोर्‍याइएको छ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले मानव अधिकार र मानवीय दायित्वहरू लगायत अन्तर्राष्ट्रिय कानूनको आधारमा आतंकवादसँग लड्न सदस्य राष्ट्रहरूलाई आग्रह गरेको छ।

संयुक्त राष्ट्रको बडापत्रलाई आत्मसात गर्दै परिषद्ले मौलिक स्वतन्त्रताको रक्षा गर्दै सुरक्षा खतराहरूलाई सम्बोधन गर्न कानुनी र सम्भावित उपायहरूको आवश्यकतालाई जोड दिएको छ।- रासस/एएनआई

प्रकाशित: १३ वैशाख २०८२ १७:५५ | Saturday, April 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast