राप्रपा नेपालको प्रदर्शनको स्थान परिवर्तन, शान्तिवाटिका गर्ने

हिमाल प्रेस १५ वैशाख २०८२ ६:२९ | Monday, April 28, 2025
राप्रपा नेपालको प्रदर्शनको स्थान परिवर्तन, शान्तिवाटिका गर्ने

काठमाडौँ- राप्रपा नेपालले आज वैशाख १५ गते काठमाडौँमा गर्ने प्रदर्शनको स्थान सारेको छ।यसअघि उसले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भनेको थियो। तर राप्रपा नेपालले विज्ञप्ति जारी गरी अब कार्यक्रम रत्नपार्कको शान्तिवाटिकामा गर्ने जानकारी गराएको हो।

दिउँसो १:३० बजे प्रदर्शन सुरु गरिने राप्रपाले जनाएको छ। गत चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत रिहा गरिनुपर्ने मागसहित राप्रपा नेपालले प्रदर्शन गर्न लागेको हो।

मिश्रसँगै पक्राउ गरिएका राप्रपाका महामन्त्री धवल शमशेर राणा भने गत आइतबार उपचारका लागि भनेर हाजिरी जमानीमा रिहा भइसकेका छन्। राप्रपा नेपालले प्रदर्शन गर्ने स्थान सार्नुको कारण उल्लेख नगरे पनि भृकुटीमण्डप सरकारले तोकेको निषेधित क्षेत्रमा पर्छ।

प्रकाशित: १५ वैशाख २०८२ ६:२९ | Monday, April 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast