राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरू रिहा

हिमाल प्रेस ७ वैशाख २०८२ १९:१३ | Sunday, April 20, 2025
राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरू रिहा

काठमाडौँ- अध्यक्ष राजेन्द्र लिङदेनसहित पक्राउ परेका राप्रपाका नेताहरू रिहा भएका छन्। प्रदर्शनका क्रममा सिंहदरबारबाट पक्राउ परेका राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरूलाई प्रहरीले रिहा गरेको हो।

सिंहदरबारबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भद्रकालीमा लगिएका सातै जना नेतालाई प्रहरीले आइतबार साँझ रिहा गरेको हो।

रिहा भएपछि राप्रपा अध्यक्ष लिङदेनले आइतबारको आन्दोलन सफल भएको प्रतिक्रिया दिए। उनले आन्दोलनका थप कार्यक्रमहरू चाँडै सार्वजनिक गर्ने बताए।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले राप्रपा अध्यक्ष लिङदेन, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्यलगायतलाई पक्राउ गरेको थियो।

प्रकाशित: ७ वैशाख २०८२ १९:१३ | Sunday, April 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast