राप्रपाको प्रदर्शनलाई लक्षित गर्दै गृहले भन्यो– अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य हुँदैन

हिमाल प्रेस ६ वैशाख २०८२ २०:४६ | Saturday, April 19, 2025
राप्रपाको प्रदर्शनलाई लक्षित गर्दै गृहले भन्यो– अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य हुँदैन गृह मन्त्रालय

काठमाडौँ- गृह मन्त्रालयले संविधान र कानुनको उल्लंघन हुने कुनै पनि गतिविधि सह्य नहुने बताएको छ।

आइतबार निषेधित तोडेर प्रदर्शन गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले घोषणा गरेको विरोधको कार्यक्रमतर्फ इंगित गर्दै गृहले यस्तो चेतावनी दिएको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट आइतबार प्रचलित कानुनबमोजिम तोकिएको निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरूप्रति गृह मन्त्रालयको ध्यानाकर्षण भएको गृहले शनिबार विज्ञप्ति निकालेर भनेको छ।

संविधान र कानुनको उल्लंघन गर्न, प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने गृहले जनाएको छ।

‘संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जोसुकैलाई कानुनबमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ,’ गृहको विज्ञप्तिमा भनिएको छ,‘साथै समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ।’

प्रकाशित: ६ वैशाख २०८२ २०:४६ | Saturday, April 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast