‘राजा र राजतन्त्र दन्ते कथा हो, सुन्दा मजा लागछ’

हिमाल प्रेस २८ चैत २०८१ १९:१५ | Thursday, April 10, 2025
‘राजा र राजतन्त्र दन्ते कथा हो, सुन्दा मजा लागछ’

काठमाडौँ- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुप लागेर बस्न सुझाव दिएका छन्।

नेविसंघ केन्द्रीय कार्यसमितिले बिहीबार राजधानीमा आयोजना गरेको ‘संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता, स्थायित्व र अपरिहार्यता’ विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्।

‘हामी शोषण दमन सहन्छौँ, तर राजा चाहिन्छ भन्ने नागरिक हो र? रैती हुन्,’ सिटौलाले भने,‘वरिपरी बसेर मस्ती गर्न पल्केकालाई राजा चाहियो रे? पूर्वराजा चुप लागेर बस्। यसमै तिम्रो कल्याण हुन्छ। साँच्चिकै जनताको माया लाग्छ र कल्याण गर्न मन भए सम्पत्ति जनतालाई दिए भो नि! आँट छ? हिम्मत छ? अब राजतन्त्र र राजा दन्ते कथा हो। सुन्दा मजा लाग्छ।’

केही बहुलहठ्ठीहरूले विध्वंस मच्चाएको जनाउँदै उनले नेपाली कांग्रेसले तत्कालीन राजा त्रिभुवनलाई नेपाली कांग्रेसले फर्काएको दाबी गरे। कांग्रेस बदला लिन नभइ परिवर्तन गर्ने खोज्ने दल भएको बताए।

नेता सिटौलाले पूर्वराजा ज्ञानेन्द्रसँग केही पनि समझदारी नभएको जनाए। उनले भने,‘केको समझदारी? केही भएको छैन। पूर्वराजासँग कुरा गर्ने म हो। मलाई थाहा छैन। पूर्वराजा यहीँ छन्, कुन राजा कहाँबाट ल्याउने भनेको? मैले बुझेको छैन।’

सिटौलाले कांग्रेस नेता बीपी कोइरालाले ‘राजा र मेरो घाँटी जोडिएको छ’ भन्नु समर्पण नभएको नभइ चेतावनी दिएको स्पष्ट पारे।

स्ववियु निर्वाचनमा नेविसंघ पहिलो भएर गणतन्त्रको पक्षमा सन्देश दिएको उनको भनाइ थियो।

प्रकाशित: २८ चैत २०८१ १९:१५ | Thursday, April 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast