 
                             
                                            काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्वमन्त्री सुदन किरातीले दुर्गा प्रसाईले राजावादी कमान्ड समालेकोमा केपी ओलीले नै धन्यवाद दिएको बताएका छन्।
उनले कुलमान घिसिङको बर्खास्त गरेसँगै भ्रष्टाचार र बेथितिले चौतर्फी घेरिएको केपी ओली सरकार राजावादी दुर्गा प्रसाईका कारण जोगिएको दाबी किरातीको छ।
‘कुलमान घिसिङलाई नियोजित अपदस्त गरेसँगै भ्रष्टाचार र बेथितिले चौतर्फी घेरिएको ओली सरकार ढल्नै लागेको थियो’, उनले भने, ‘तर तीनकुने घटनालाई देखाएर एकपटक विषयलाई मोडन सफल भयो। त्यसकारण दुर्गा प्रसाई ओली सरकारको अक्सिजन हो।’
                            प्रकाशित: २१ चैत  २०८१ ७:३४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 