राजनीतिमा सम्पत्तिको मोह बढेको भट्टराईको टिप्पणी

हिमाल प्रेस ३ वैशाख २०८२ १२:१५ | Wednesday, April 16, 2025
राजनीतिमा सम्पत्तिको मोह बढेको भट्टराईको टिप्पणी

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको नेपाली राजनीतिमा निष्ठा र मूल्यमान्यताभन्दा सम्पत्तिको मोह बढेको टिप्पणी गरेका छन्।

नेपाली कांग्रेसका नेता चन्द्रप्रसाद न्यौपानेको स्मृति ग्रन्थ लोकार्पण समारोहमा सम्बोधन गर्दै डा.भट्टराईले राजनीतिक निषेधको संस्कार त्याग्नुपर्ने बताएका हुन्।

उनले भने, ‘अहिले प्रतिगामी शक्तिहरू सलबलाइरहेका छन्,विभाजन ल्याउन खोजिरहेका छन्। यस्तो जटिल भूराजनीतिक अवस्थामा दलगत चिन्ताभन्दा माथि उठेर लोकतान्त्रिक मूल्य र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ।’

भट्टराईले आफूलाई ‘अलिअलि कांग्रेस, अलिअलि कम्युनिस्ट र दुवैभन्दा फरक विचार बोकेको नयाँ मान्छे’  भन्दै २०७४ को चुनावी प्रसंगसमेत स्मरण गरे।  नयाँ शक्ति अभियानमा हुँदा कांग्रेस सभापति शेरबहादुर देउवाको समर्थनमा साझा उम्मेदवार बनेको बताए। उनले भने, ‘शेरबहादुरजी बोलेपछि अडान लिने मान्छे हो, उहाँको त्यो अडानको सधैं प्रशंसा गर्छु।’

भट्टराईले मामा न्याैपानेसँगको एक रोचक संस्मरण सुनाए,‘न्यौपाने मामाले भन्नुभयो- भान्जालाई दक्षिणा त दिन सक्छु तर भोट कांग्रेसबाहेक अरूलाई दिन सक्दिनँ।’ मैले पनि हस् भनेर फर्किएको थिएँ।’

भट्टराईको भनाइमा आजको राजनीति निष्ठा र विचारभन्दा सम्पत्तिको मोह र दलगत स्वार्थ केन्द्रमा रहेको स्पष्ट संकेत देखिन्छ। उनले सबै दलहरूलाई सहकार्य गर्दै लोकतान्त्रिक मूल्यमान्यतामा दृढ रहन पनि आग्रह गरेका छन्।

प्रकाशित: ३ वैशाख २०८२ १२:१५ | Wednesday, April 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast