काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री हुने भएका छन्। सांसद पन्तलाई बुधबार शिक्षामन्त्रीमा सिफारिस गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस विज्ञ रामशरण बजगाईंले हिमालप्रेसलाई जानकारी दिए।
विद्या भट्टराईले सोमबार शिक्षामन्त्री पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने व्यवस्था छ।
पन्तले बिहीबार सपथ लिने बजगाईंले जनाए।
प्रकाशित: १० वैशाख २०८२ १७:५७ | Wednesday, April 23, 2025
प्रतिक्रिया




