यौन दुर्व्यवहारपछि युवती मृत फेला प्रकरण : घटनाको अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन

हिमाल प्रेस ३ वैशाख २०८२ ११:५९ | Wednesday, April 16, 2025
यौन दुर्व्यवहारपछि युवती मृत फेला प्रकरण : घटनाको अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन फाइल तस्बिर।

काठमाडौँ- सिराहामा यौन दुर्व्यवहारपछि युवती मृत भेटिएको घटनाबारे गृहमन्त्री रमेश लेखकले चासो राखेका छन्। उनले घटना अनुसन्धान गर्न प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई निर्देशन दिएका हुन्।

यौन दुर्व्यवहारमा परेकी सिराहाको नरहा गाउँपालिकास्थित बर्छवा टोलकी २५ वर्षीया आनन्दीदेवी सदाय मंगलबार माइती घरमा मृत भेटिएकी हुन्। उनी सिराहाकै नवराजपुर गाउँपालिका ३ दोनबारी टोलस्थित माइतीघरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी सिराहा प्रहरीले जनाएको छ।

प्रकाशित: ३ वैशाख २०८२ ११:५९ | Wednesday, April 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast