यस्तो छ वाणिज्य बैंकहरूको ब्याजदर

हिमाल प्रेस ३१ चैत २०८१ १२:१७ | Sunday, April 13, 2025
यस्तो छ वाणिज्य बैंकहरूको ब्याजदर

काठमाडौँ- वैशाखमा अधिकांश वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर चैत निरन्तरता दिएका छन्। २० वटा वाणिज्य बैंकहरूमध्ये तीनवटा बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर घटाउँदा एउटाले बढाएको छ भने १६ वटा बैंकले स्थिर राखेका छन्।

हिमालयन र नेपाल एसबीआई बैंकको ५.५ प्रतिशत, कृषि विकास बैंकको ५.५१ प्रतिशत, सिटिजन्स बैंक इन्टरनेसनलको ५.६५ प्रतिशत, नबिल र लक्ष्मी सनराइज बैंकको ५.७५ प्रतिशत अधिकतम ब्याजदर छ।

राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, सिद्धार्थ, माछापुच्छ्रे बैंकको समान ६ प्रतिशत, प्रभु बैंकको ६.१ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड र प्राइम कमर्सियल बैंकको ६.२५ प्रतिशत अधिकतम ब्याजदर छ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ६.५ प्रतिशत, एनआईसी एसिया एनएमबी बैंकको ६.६ प्रतिशत अधिकतम ब्याजदर तोकेको छ। यी बैंकहरूले अघिल्लो महिनाकै ब्याजरदलाई निरन्तरता दिएका हुन्।

एभरेस्ट बैंकले वैशाखका लागि ब्याजदर बढाएर ६.६१ प्रतिशत कायम गरेको छ भने सानिमा, कुमारी र नेपाल बैंकले घटाएर क्रमशः ५.९५ प्रतिशत, ५.९२ प्रतिशत र ५.१५ प्रतिशत कायम गरेका छन्।
संस्थागततर्फ ११ वटा बैंकले चैतकै ब्याजदरलाई निरन्तरता दिएका छन्। एउटा बैंकले बढाउँदा आठवटा बैंकले घटाएका छन्।

प्रकाशित: ३१ चैत २०८१ १२:१७ | Sunday, April 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast