यस्तो छ दिलीप अभिनीत ‘हेल्लो काँशीराम’ को टिजर

हिमाल प्रेस १ वैशाख २०८२ १५:३५ | Monday, April 14, 2025
यस्तो छ दिलीप अभिनीत ‘हेल्लो काँशीराम’ को टिजर

काठमाडौँ- फिल्म ‘हेल्लो काँशीराम’ को टिजर सार्वजनिक भएको छ। नयाँ वर्ष २०८२ को अवसरमा सोमबार बुढासुब्बा डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

कमेडी जनरामा बनेको फिल्ममा देशको व्यथितिमाथि व्यङ्ग्य गरिएकाे छ। अभिनेता दिलीप रायमाझी पीडित र बेरोजगार युवाको प्रतिनिधित्वका रूपमा प्रस्तुत भएका छन्।

फिल्ममा सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेर राई ‘फुलन्देको आमा’, भगेरी डन, नवज्योति रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरीलगायतका कलाकारको अभिनय छ।

फिल्म आगामी जेठ २ मा प्रदर्शन हुनेछ। फिल्मको लेखन तथा निर्देशन रिम विश्वकर्माले गरेका हुन्। उनले यसअघि ‘नेपाली वीर, ‘सम्झिराख है’, ‘रेलिमाई’ लगायतका फिल्म निर्देशन गरिसकेका छन्।

रेडलाइन फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा पि. वि. थापाले लगानी गरेका छन्। फिल्म यम आले डिओपी, मित्र डी. गुरुङ सम्पादन तथा रंग संयोजन, कविराज गहतराजको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशन, नरेन्द्र वियोगी र विपिन आचार्यको संगीत संयोजनमा बनेकाे छ।

प्रकाशित: १ वैशाख २०८२ १५:३५ | Monday, April 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast