यस्तो छ अनुप, सौगात र गीताञ्जली अभिनीत ‘जार’ को ट्रेलर

हिमाल प्रेस २९ चैत २०८१ १०:३२ | Friday, April 11, 2025
यस्तो छ अनुप, सौगात र गीताञ्जली अभिनीत ‘जार’ को ट्रेलर

काठमाडौँ- आगामी वैशाख २६ मा प्रदर्शन हुने फिल्म ‘जार’ को ट्रेलर सार्वजनिक गरिएको छ। फिल्म साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित छ। ट्रेलरमार्फत फिल्म जार संस्कृतिमा आधारित रहेको देखाइएको छ।

भागेर अर्को बिहे गरेकी स्त्रीको दोस्रो पतिलाई पहिलो पतिले जार भन्ने प्रचलन छ। फिल्म कलाकार अनुप विक्रम शाही, सौगात मल्ल र गीताञ्जली थापा वरीपरी घुमेको छ।

ट्रेलरमा पनि अनुपकी श्रीमती बनेकी गीताञ्जलीले सौगातसँग भागेर विवाह गरेपछि समाज बसेर गरेको निर्णय र सौगातलाई अनुपले खुकुरी लिएर जंगलमा लखेटेको दृश्य समेटिएको छ।

४ वर्षअघि नै निर्माण भएको यो फिल्म सन् १८ सय दशकको अन्त्यतिर घटेको नेपाली समाजको यथार्थ घटनामा आधारित छ। फिल्मका लेखक तथा निर्देशक फूर्वा छिरिङ लामा हुन्।

सरवानन इलावार्सुको छायांकन, अखिलेश राईको सम्पादनमा बनेको छ। फिल्म सबै छायांकन सिक्किममा गरिएको छ। फेर्री टेल पिक्चर्सको निर्माण रहेको फिल्मको कार्यकारी निर्मातामा नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्।

प्रकाशित: २९ चैत २०८१ १०:३२ | Friday, April 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast