यस्ताे छ ‘नरसिंहा अवतार’ मा कलाकारको क्यारेक्टर लुक्स

हिमाल प्रेस ९ वैशाख २०८२ १३:३४ | Tuesday, April 22, 2025
यस्ताे छ ‘नरसिंहा अवतार’ मा कलाकारको क्यारेक्टर लुक्स

काठमाडौँ- फिल्म ‘नरसिंहा अवतार’ को पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मका सबै कलाकारको क्यारेक्टर लुक्ससहितको पोस्टर सार्वजनिक गरेको हो।

पोस्टरमा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, नीर शाह, प्रशान्त ताम्राकार, उषा खड्गी, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, दीपा शाही, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, टार्जन लगायतका कलाकार अटाएका छन्।

आगामी जेठ ९ मा प्रदर्शन हुने फिल्म दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको छ। फिल्मको कथा चन्द्र पन्तले लेखेका हुन्।

फिल्ममा राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी, समीर मियाको भीएफएक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, राकेश दाहालको पोस्टर डिजाइन छ।

फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेले लगानी गरेका छन्।

प्रकाशित: ९ वैशाख २०८२ १३:३४ | Tuesday, April 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast