 प्रतीकात्मक तस्बिर
                             प्रतीकात्मक तस्बिर
                                            बाँके- लुम्बिनी प्रदेश सरकारले बाँकेमा मातृशिशु मृत्युदर घटाउन मोबाइल एपमार्फत पारिवारिक स्वास्थ्य विवरण संकलन सुरु गरेको छ। महिला, बालबालिका र किशोरीको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउने उद्देश्यले अभियान थालिएको हो।
स्वास्थ्यकर्मीहरू १ लाख २९ हजार ३०७ घरधुरीमा पुगेर गर्भवतीदेखि दुई वर्षमुनिका बालबालिकासम्मको विवरण संकलन गर्दैछन्। खोपबाट वञ्चित बालबालिका, जोखिमयुक्त गर्भवती र पोषण अवस्था पहिचान गरिनेछ।
यसअघि पाल्पा र अर्घाखाँचीमा लागू गरिएको कार्यक्रमलाई अहिले बाँकेमा पाइलटिङको रूपमा विस्तार गरिएको हो।
                            प्रकाशित: २२ चैत  २०८१ ११:०३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 