 
                             
                                            मुस्ताङ- चालु आर्थिक वर्षको साउनदेखि चैत १८ गतेसम्म मुस्ताङमा तीन लाख ९६ हजार ९०१ पर्यटक भित्रिएका छन्। यसमध्ये तीन लाख ३३ हजार ८४५ नेपाली आन्तरिक पर्यटक तथा ६३ हजार ५६ विदेशी पर्यटक रहेका छन्।
नेपाल प्रहरी तथ्यांकअनुसार आन्तरिक पर्यटकमध्ये ८० प्रतिशत भारतीय हुन्। सडक सञ्जाल सुधार हुँदै जाँदा मुक्तिनाथधाम, कागबेनी, कोरला नाका लगायतका गन्तव्यमा पर्यटकको आकर्षण बढेको छ।
पुरातात्विक सम्पदा, धार्मिक स्थल तथा सांस्कृतिक विविधताको कारण मुस्ताङ पर्यटकका लागि मुख्य गन्तव्य बन्दै गएको छ।
                            प्रकाशित: २२ चैत  २०८१ ५:५९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
 