काठमाडौँ– काठमाडौँ जिल्ला अदालतले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणालाई थप ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
अदालतले मिश्र र राणासहित ४१ जनालाई आपराधिक उपद्रव र संगठित अपराधको मुद्दामा अनुसन्धानका लागि थप ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो।
न्यायाधीश तारादेवी महर्जनको इजलासले उनीहरूलाई थप ६ दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।
चैत १५ गते शुक्रबार काठमाडौँको तीनकुनेमा भएको आन्दोलन भड्काएको, तोडफोड तथा आगजनी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो। यही घटनामा संलग्न भनिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ भने फरार छन्।
                            प्रकाशित: २० चैत  २०८१ २०:२४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             

