माइतीघर-बानेश्वर सडक अवरोध खुलाउन यातायात व्यवसायीको चेतावनी

हिमाल प्रेस ९ वैशाख २०८२ १६:१० | Tuesday, April 22, 2025
माइतीघर-बानेश्वर सडक अवरोध खुलाउन यातायात व्यवसायीको चेतावनी

काठमाडौँ- सार्वजनिक यातायात व्यवसायीहरूले सहज रूपमा यातायात सञ्चालन गर्ने अवस्था बन्न नसके आन्दोलन गर्ने चेतावनी दिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मंगलबार यातायात व्यवस्था विभागमा ध्यानाकर्षणपत्र बुझाउँदै यस्तो चेतावनी दिएको हो।

महासंघले विभिन्न प्रकारको आन्दोलनका कारण यातायात सञ्चालन गर्न कठिनाइ भएको भन्दै सहज रुपमा यातायात सञ्चालन गर्ने अवस्था बन्न नसके आन्दोलन गर्ने बताएको छ। विभिन्न पक्षहरुले गरेको आन्दोलनका कारण यातायात क्षेत्र नै धराशयी भएकाले सरकारले गम्भीर भएर यस विषयमा बिचार गर्नुपर्ने महासंघको ध्यानाकर्षणपत्रमा उल्लेख छ।

महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले माइतीघर-बानेश्वर क्षेत्र केन्द्रित आन्दोलनका कारण यातायात सञ्चालनमा अवरोध हुँदा बैंक किस्ता तिर्न समस्या भएको, मजदुरमाथि समस्या भएको र यात्रुहरूको अधिकारको हनन भएको बताए।

उनले आफ्नो अधिकारको माग गर्दा अरुको अधिकार हनन भएको विषयमा ख्याल गर्न अनुरोध गरे। उनले भने, ‘आन्दोलनका कारण आफूहरूको अधिकार हनन भएकाले समयमा नै यातायात सञ्चालनको अवरोध नहटे बाध्य भएर आन्दोलन गर्नेछौँ।’

त्यस्तै महासंघले मोटर बिमा दर निर्देशिका २०७३ संशोधन, कानुनविपरीत सञ्चालन भएका यातायात कम्पनीलाई कानुनी दायरामा ल्याउनुपर्ने, व्यवसायीको सुझावका आधारमा सवारी ऐन संशोधनका विषयमा समेत विभागको ध्यानाकर्षण गराएको छ।

प्रकाशित: ९ वैशाख २०८२ १६:१० | Tuesday, April 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast