महावीर जयन्ती मनाइँदै

हिमाल प्रेस २८ चैत २०८१ ९:४७ | Thursday, April 10, 2025
महावीर जयन्ती मनाइँदै

काठमाडौँ- सत्य, अहिंसा र ब्रह्मचर्यको सन्देश प्रवाह गर्दै आज महावीर जैनको २६२४ औँ जन्मजयन्ती मनाइँदैछ। विशेषगरी जैन धर्मावलम्बी तथा श्रावकले अहिंसामूलक यो धर्मका प्रवर्तकको स्मरणका साथ यो दिवस मनाउँदैछन्।

इसापूर्व ५९९ मा चैत्र शुक्ल त्रयोदशीका दिन राजपरिवारमा जन्मिएका महावीर जैन तपस्या गर्न दरबार त्यागेर हिँडेका जैन ग्रन्थमा उल्लेख छ।

अहिंसा, सत्य र आफूलाई चाहिनेभन्दा बढी संग्रह नगर्ने महावीरको सन्देश हो। अरुलाई दुःख दिनु पनि एक प्रकारको हिंसा भएकाले त्यसो नगर्न उनले शिक्षा दिएका छन्।

प्रकाशित: २८ चैत २०८१ ९:४७ | Thursday, April 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast