‘महाभोज’ काे दुई पोस्टर सार्वजनिक

हिमाल प्रेस ७ वैशाख २०८२ ११:४० | Sunday, April 20, 2025
‘महाभोज’ काे दुई पोस्टर सार्वजनिक

काठमाडौँ- फिल्म ‘महाभोज’ को दुई पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक एक पोस्टरमा पैसाको पृष्ठभूमिमा कलाकार आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महतको क्यारेक्टर पोस्टर देख्न सकिन्छ।

दोस्रो पोस्टरमा ग्रामीण परिवेशको पृष्ठभूमिमा माथिका छ कलाकारसहित वसुन्धरा भुसाल, बुद्धि तामाङ र कमलमणि नेपाल को लुक्स प्रस्तुत गरिएको छ। दुइटै पोस्टर रोयल भीमसेनले डिजाइन गरेका हुन्।

दिनेश राउतले निर्देशन गरेको फिल्म आगामी जेठ १५ मा प्रदर्शन हुनेछ। फिल्म सामाजिक कथावस्तुमा आधारित छ। विकास सुवेदीले फिल्मको कथा तथा पटकथा लेखेका हुन्।

क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको हो फिल्मका निर्माता हिमाल कडरिया हुन्।

प्रकाशित: ७ वैशाख २०८२ ११:४० | Sunday, April 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast