रास्वपा केन्द्रीय कार्यालय ।
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए।
सहकारी ठगी प्रकारणमा पार्टीका सभापति रवि लामिछाने पुर्पक्षका लागी थुनामा गएपछि कार्यबाहक सभापति डीपी अर्यालले केन्द्रीय समिति बैठक बोलाएका हुन्।
बैठकमा अघिल्लो बैठकका निर्णय कार्यान्वयनको अवस्था, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने रास्वपाले जनाएको छ।
प्रकाशित: ४ वैशाख २०८२ ९:३६ | Thursday, April 17, 2025
प्रतिक्रिया




