मल खरिद गर्न लाग्ने समय घटाइयो, एक महिनाभित्र प्रक्रिया टुंग्याउनुपर्ने

हिमाल प्रेस १७ वैशाख २०८२ ११:५७ | Wednesday, April 30, 2025
मल खरिद गर्न लाग्ने समय घटाइयो, एक महिनाभित्र प्रक्रिया टुंग्याउनुपर्ने

काठमाडौँ- सरकारले रासायनिक मल खरिद गर्दा लाग्ने समय घटाएको छ। सार्वजनिक खरिद नियमावली-२०६४ को १४औँ संशोधन मार्फत पहिलो पटक रासायनिक मल खरिद सम्वन्धी प्रावधानको समय घटाइएको हो।

मल खरिद प्रक्रिया लामो भएकाले यसलाई सहज वनाउन कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको पहल मार्फत खरिद नियमावलीको संशोधनमा यस्तो प्रावधान राखिएको हो।

रासायनिक मल खरिद प्रक्रिया लामो समय लाग्ने तर अन्तर्राष्ट्रिय बजारमा छिटोछिटो मूल्य परिवर्तन हुने अहिलेको अवस्थालाई घटाउने गरी नियमावली संशोधन भएको मन्त्रालयले जनाएको छ।

नियमावलीले रासायनिक मल खरिदका लागि आर्थिक प्रस्ताव खोल्ने स्थान, मिति र समय उल्लेख गरी सो मिति र समयमा उपस्थित हुन राष्ट्रियस्तर वा अन्तराष्ट्रिय स्तरको बोलपत्रको हकमा कम्तीमा ७ दिनको अवधि दिई सूचना गर्नुपर्ने उल्लेख गरिएको छ। योभन्दा अगाडी एक महिना थियो।

संशोधित नियमावलीमा बोलपत्रदाताले पेस गरेको प्राविधिक प्रस्ताव खोलेको मितिदेखि ३० दिनसम्म बोलपत्र मान्य हुने अवधि उल्लेख गर्नुपर्ने प्रतिबन्धात्मक नियम राखिएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयको रासायनिक मल खरिद गर्न लाग्ने समय अवधि घटाउने बताउँदै आएका थिए। खरिद प्रक्रिया लामो हुँदा समयमै मल आयात गर्न सकिएको थिएन जस कारण किसानले समयमै रासायनिक मल पाउन सकेका थिएनन्।

संशोधन भएको नियमावलीमा एक महिनाभित्रै मल खरिदको प्रक्रिया टुंग्याउने बाटो खुलेको छ।

प्रकाशित: १७ वैशाख २०८२ ११:५७ | Wednesday, April 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast