भैरवनाथको रथले किचेर एकको मृत्यु

हिमाल प्रेस १ वैशाख २०८२ ५:५६ | Monday, April 14, 2025
भैरवनाथको रथले किचेर एकको मृत्यु

भादगाउँ- भक्तपुरमा बिस्का जात्रा मनाउने क्रममा भैरवनाथको रथले किचेर एक जनाको मृत्यु भएको छ।

भक्तपुर नगरपालिका-४ घर भई हाल सूर्यविनायक नगरपालिका-८ सिपाटोलस्थित इटबू बस्ने ३६ वर्षीय सुशील तमखूको मृत्यु भएको हो।

बिस्काः जात्राको चौथो दिन आइतबार भेलुखेलस्थित योसिंखेलमा ५५ हात लामो योसिं ठड्याउन भैरवनाथको रथलाई गाःहिटीबाट योसिंखेल लैजाने क्रममा तमखूलाई रथले किचेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए।

रथले तमखूको शरीरको बीच भागमा किचेको र उनको घटनास्थलमा नै मृत्यु भएको उनले बताए।

प्रकाशित: १ वैशाख २०८२ ५:५६ | Monday, April 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast