भाषा हराए समाज कमजोर र विखण्डित हुन्छ : देउवा

हिमाल प्रेस १ वैशाख २०८२ १८:२३ | Monday, April 14, 2025
भाषा हराए समाज कमजोर र विखण्डित हुन्छ : देउवा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा रहेका भाषाहरुलाई जोगाउँदै लैजानुपर्नेमा जोड दिएका छन्।

विसुपर्वका अवसरमा देउडा समाजले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मुलुकमा बोलिने विभिन्न भाषाहरु हराउने अवस्थामा पुगेको भन्दै यसलाई जोगाउँदै लैजानुपर्नेमा जोड दिएका हुन्। उनले समूदायको भाषा हराउन थाले समूदाय र समाज कमजोर र विखण्डित हुने जिकिर गरे।

सुदूरपश्चिमको भाषा हराउने अवस्थामा पुगेको भन्दै उनले भाषाको जगेर्नामा लाग्न देउडा समाजलाई सुझाव दिए।

संसारभरका मान्छेहरु आफ्नो भाषा बचाउनका गम्भीर भएको अवस्थामा देशमा बोलिने भाषाहरुलाई पनि बचाउन लाग्नुपर्ने धारणा राखे।

कार्यक्रमपछि सुदूरपश्चिम घर भई हाल काठमाडौँमा बस्दै आएका सुदूरपश्चिमवासीले देउडाखेल खेली हर्षाल्लासका साथ विसु पर्व मनाएका थिए।

प्रकाशित: १ वैशाख २०८२ १८:२३ | Monday, April 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast