भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बीबीसीलाई औपचारिक पत्र

हिमाल प्रेस १५ वैशाख २०८२ १५:०७ | Monday, April 28, 2025
भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बीबीसीलाई औपचारिक पत्र

काठमाडौँ– भारत सरकारले पहलगाममा भएको आतंककारी आक्रमणपछि भारत र सुरक्षासम्बन्धी संस्थामाथि झुटा र उक्साहटपूर्ण सामग्री प्रसारण गरेको आरोपमा पाकिस्तानका १६ युट्युब च्यानलमा रोक लगाएको छ।

ती च्यानलहरूमध्ये डन न्युज, एआरवाई न्युज, जिओ न्युजजस्ता चर्चित नामहरू पनि छन्, जसको कूल दर्शक संख्या ६ करोड ३० लाखभन्दा बढी रहेको छ।

गृह मन्त्रालयको सिफारिसमा गरिएको यस कदमसँगै सामाजिक सञ्जालमा फैलिएको भ्रमपूर्ण सामग्रीमाथि पनि कारबाही गरिएको छ। पहलगाम घटनालाई लिएर गलत प्रस्तुति दिएको भन्दै बीबीसी भारत कार्यालयलाई सरकारी पक्षबाट औपचारिक पत्र पठाइएको छ।

अप्रिल २२ गते पहलगाम क्षेत्रमा आतंकवादीहरूको आक्रमणमा परी २६ पर्यटकको मृत्यु भएको थियो। यो घटनाको अनुसन्धान राष्ट्रिय अनुसन्धान संस्था (एनआईए) ले गरिरहेको छ। घटनामा संलग्न पाँच जनामध्ये तीन जना पाकिस्तानका र दुई जना स्थानीय भएको खुलेको छ।

भारत सरकारले देशको सुरक्षामाथि असर पार्ने गलत प्रचारप्रति कडा कदम चालेको जनाइएको छ।

प्रकाशित: १५ वैशाख २०८२ १५:०७ | Monday, April 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast