भारतद्वारा नेपाललाई सिकल सेल र थालेसिमिया खोप हस्तान्तरण

हिमाल प्रेस १२ वैशाख २०८२ १५:४४ | Friday, April 25, 2025
भारतद्वारा नेपाललाई सिकल सेल र थालेसिमिया खोप हस्तान्तरण

काठमाडौँ-भारत सरकारले नेपाललाई सिकल सेल र थालेसिमिया खोप हस्तान्तरण गरेको छ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिकल सेल रोग र थालेसिमियाविरूद्धको खोपको पहिलो खेप स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई हस्तान्तरण गरेका हुन्।

नेपाल सरकारले गरेको अनुरोधअनुसार भारत सरकारले थालेसिमिया र सिकल सेल रोगका बिरामीहरूको व्यवस्थापनका लागि २० लाख डलर बराबरको औषधि तथा खोप प्रदान गर्न लागेको दूतावासले जनाएको छ।

यसअनुसार पहिलो खेपमा खोप/औषधिमा इन्फ्लुएन्जा खोप (३१०० युनिट), साल्मोनेला खोप (१५०० युनिट), मेनिङ्गोकोक्कस खोप (३१०० युनिट), हाइमोफिलस इन्फ्लुएन्जा खोप (४६४० युनिट) र स्ट्रप्टोकोक्कस निमोनिया खोप (४६४० युनिट) समावेश रहेका छन्।

खोप हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले यी खोपहरूले जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भन्दै भारतले गरेको सहयोगप्रति धन्यवाद दिए।

त्यस्तै राजदूत श्रीवास्तवले यी खोपहरूले नेपालमा सिकल सेल रोग र थालेसिमियाबाट प्रभावित व्यक्तिहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
नेपाल–भारतबीचको मित्रतामाथि प्रकाश पार्दै उनले पारस्परिक हितका क्षेत्रहरूमा सहयोग गर्न भारत सधैँ तयार रहेको उल्लेख गरे।

प्रकाशित: १२ वैशाख २०८२ १५:४४ | Friday, April 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast