भारतको जम्मु–कश्मीरमा पर्यटकमाथि आतंकवादी आक्रमण, २६ जनाको मृत्यु

हिमाल प्रेस ९ वैशाख २०८२ २२:१६ | Tuesday, April 22, 2025
भारतको जम्मु–कश्मीरमा पर्यटकमाथि आतंकवादी आक्रमण, २६ जनाको मृत्यु

काठमाडौँ- भारतको जम्मु–कश्मीर राज्यको पहलगाममा पर्यटकमाथि आतंकवादी आक्रमण भएको छ। बन्दुकधारी समूहले पर्यटकमाथि आक्रमण गरेको हो।

बन्दुकधारी समूहले गरेको आक्रमणमा परी २६ जनाको मृत्युु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। आक्रमणमा कैयौँ मानिस घाइते भएका छन्।

आतंकवादीले घोडामा सवार पर्यटकहरूको समूहमाथि गोली प्रहार गरेको बताइएको छ। आतंकवादीलाई पक्राउ गर्न सुरक्षाबलले ‘सर्च अपरेसन’ सुरू गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

जम्मु–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले यो आक्रमणलाई आमनागरिकलाई लक्षित गरेर पछिल्लो समयको ठूलो घटना भएको बताएका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो आक्रमणलाई आतंकवादी आक्रमण भन्दै यसमा संलग्नलाई नछाडिने बताएका छन्। उनले गृहमन्त्री अमित शाहसँग कुरा गरेर उपयुक्त कदम चाल्न निर्देशन दिएका छन्। घटनापछि गृहमन्त्री शाह जम्मु–कश्मीरको राजधानी श्रीनगर पुगेका छन्।

कश्मीरको केही क्षेत्रमा आतंकवादीको प्रभाव देखिँदैन जसमध्ये पहलगाम पनि एक हो। यहाँ ठूलो संख्यामा पर्यटक पुग्ने गरेका छन्। मार्च महिनामा त्यहाँ भएको हिमपातपछि उल्लेख्य संख्यामा पर्यटक पुगिरहेका छन्। पहलगामस्थित पहाडमा पर्यटकहरू ट्रेकिङका लागि पनि जाने गरेका छन्।

लुकेर बसेका आतंकवादीले पर्यटकमाथि आक्रमण गरेको बताइएको छ।

प्रकाशित: ९ वैशाख २०८२ २२:१६ | Tuesday, April 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast