 भाटभटेनी सुपरमार्केटका सञ्चारक मीनबहादुर गुरुङ।
                             भाटभटेनी सुपरमार्केटका सञ्चारक मीनबहादुर गुरुङ।
                                            काठमाडौँ- भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले चैत १५ गतेको घटनामा मृत्यु भएका दुई परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।
पत्रकार सुरेश रजकका परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख आर्थिक राहत दिने घोषणा गरेका हुन्। उक्त दिनको प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक र कीर्तिपुरका स्थानीय सविन महर्जनको मृत्यु भएको थियो।
भाटभटेनी सुपरमार्केटले गत चैत १५ गतेको घटनामा बहादुरी देखाउने सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई पुरस्कृत गरेको छ। उनलाई आज एक कार्यक्रमबीच ५ लाख नगद रुपैयाँ पुरस्कार र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरिएको हो।
कार्यक्रममा सो दिन भएको लुटपाट र तोडफोडमा भाटभटेनीलाई जोगाउन भूमिका खेल्ने अन्य कर्मचारीहरुलाई पनि पुरस्कार र सम्मान प्रदान गरिएको छ।
                            प्रकाशित: २० चैत  २०८१ १२:५४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 