 बालकृष्ण खाण
                             बालकृष्ण खाण
                                            काठमाडौँ- राप्रपाका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनमा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले दुःख व्यक्त गरेका छन्।
रूपन्देही ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित बोहराको मंगलबार बिहान उपचारको क्रममा निधन भएको हो।
खाणले बक्तव्य जारी गर्दै बोहराको निधनले आफू स्तब्ध भएको उल्लेख गरेका छन्। ०७९ मंसिरको प्रतिनिधिसभाको निर्वाचनमा खाणलाई नै हराएर बोहरा सांसद निर्वाचित भएका थिए।
                            प्रकाशित: १९ चैत  २०८१ २१:३१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 