बेलौरीमा जलेको अवस्थामा रानाको शव भेटियो

हिमाल प्रेस ९ वैशाख २०८२ १४:०० | Tuesday, April 22, 2025
बेलौरीमा जलेको अवस्थामा रानाको शव भेटियो

कन्चनपुर- बेलौरी नगरपालिका-१० शिवनगरमा ५० वर्षीय हरिकिसन रानाको शव आज जलेको अवस्थामा भेटिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार शरिरको बाहिरी भाग जलेको अवस्थामा रानाको शव फेला परेको हो। शव फेला परेको स्थान नजिकै तोरीको भुसामा उनको मोटरसाइकल समेत जलाइएको पाइएको छ।

बेलडाँडी गाउँपालिका-३ का बासिन्दा राना भैँसीपालन गरी दुग्ध व्यवसाय सञ्चालन गर्दैआएका थिए। ‘घटनास्थलमा प्रहरी टोली पुगेको छ,’ प्रहरी नायब उपरीक्षक जोशीले भने, ‘के कति कारणले रानाको मृत्यु भयो भन्नेबारे अनुसन्धान गर्दैछौँ।’

प्रकाशित: ९ वैशाख २०८२ १४:०० | Tuesday, April 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast