निर्देशक जेसन लोप्चनले पाए बुसान एसियन फिल्म स्कुलमा छात्रवृत्ति

हिमाल प्रेस २९ चैत २०८१ १५:५४ | Friday, April 11, 2025
निर्देशक जेसन लोप्चनले पाए बुसान एसियन फिल्म स्कुलमा छात्रवृत्ति

काठमाडौँ- फिल्म निर्देशक जेसन लोप्चनले विश्व परिचत फिल्म विद्यालय ‘बुसान एसियन फिल्म स्कुल’ मा छात्रवृत्ति पाएका छन्।

बुसान फिल्म स्कुलले एसिया मुलुकबाट मात्र १८ जना युवा फिल्मकर्मीलाई छात्रवृत्तिमा छान्ने गरेको छ।छानिएका फिल्मकर्कीहरूले कोरियामा बसेर अन्तर्राष्ट्रिय निर्माताहरुसँग मिलेर फिल्मको गर्न पाउनेछन्। जसमा नेपालबाट लाेप्चन छानिएका हुन्।

निर्देशक जेसन लोप्चन अहिले बुसान कोरियामा छन्। उनी अहिले बुसान एसियन फिल्म स्कूलमा ८ महिना बसेर अन्तर्राष्ट्रिय निर्माताहरुसँग आफ्नो दोस्रो फिल्मको तयारी गरिरहेका छन्। उनका अनुसार फिल्मको पटकथा र सबै निर्माण कार्य बुसान मै गरिने छ। फिल्मको छायांकन सन् २०२६ मा नेपालमै गरिने निर्देशक लोप्सनले बताए।

उनले केही महिनाअघि नेपालमा पहिलो पटक आइफोनले खिचेर प्रदर्शन फिल्म ‘अ प्लेस अन्डर द सन’ प्रदर्शन गरेका थिए।  फिल्मका लेखक तथा निर्देशक लोप्चन नै हुन्। याे फिल्म ओटीटी प्लेटर्फम एमएसएम भिडियोमा सार्वजनिक भइसकेको छ।

साथै उनले मेयर बालेन शाहको ‘मार्फा को मदिरा’ गीतको भिडियो पनि निर्देशन गरेका थिए।

प्रकाशित: २९ चैत २०८१ १५:५४ | Friday, April 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast