बुटवल बुद्धनगरमा गोली प्रहारबाट एक युवती घाइते

हिमाल प्रेस ६ वैशाख २०८२ ११:०७ | Saturday, April 19, 2025
बुटवल बुद्धनगरमा गोली प्रहारबाट एक युवती घाइते

लुम्बिनी- बुटवलको बुद्धनगरमा शनिबार बिहान गोली प्रहारबाट एक युवती घाइते भएकी छन्।

पाल्पा रैनादेवी छहरा घर भई बुटवल ११ बुद्वनगरमा रहेको डायक्सन फूड एन्ड वयभरेजकी सन्चालिका २९ वर्षकी टीका बिष्ट गोली प्रहारबाट घाइते भएकी हुन्।

विष्टको ढाडमा गोली लागेको प्रहरीले जनाएको छ। शनिबार बिहान ८ बजेर ३६ मिनेटमा गोली प्रहार भएको बताइएको छ। घाइते युवतीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। गोली चल्नुको कारणबारे थप अनुन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ वैशाख २०८२ ११:०७ | Saturday, April 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast