 
                             
                                            हेटौंडा- बागमती प्रदेशसभाको १५औँ अधिवेशन आज रातिदेखि अन्त्य गरिएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन्।
प्रतिपक्षी दलहरूले बजेट बाँडफाँटमा सन्तुलन माग गर्दै अवरोध सिर्जना गरेपछि सरकार अब आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा केन्द्रित हुने निर्णयमा पुगेको छ।
प्रदेश सरकारको निर्णयप्रति प्रमुख प्रतिपक्षी दलहरू असन्तुष्ट छन्। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपाले संयुक्त पत्रकार सम्मेलन गर्दै सरकारले हठात् अधिवेशन अन्त्य गरेको आरोप लगाएका छन्।
                            प्रकाशित: २० चैत  २०८१ १८:०९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 