बहिनी हत्याको आरोपमा दाजु पक्राउ

हिमाल प्रेस २ वैशाख २०८२ १७:५६ | Tuesday, April 15, 2025
बहिनी हत्याको आरोपमा दाजु पक्राउ

काठमाडौँ- बहिनी हत्याको आरोपमा प्रहरीले ललितपुरमा दाजुलाई पक्राउ गरेको छ। ११ वर्षीया बहिनीको हत्या गरेको आरोपमा प्रहरीले १५ वर्षीय दाजुलाई पक्राउ गरेको हो।

ललितपुरको खपिन्छेँ टोलस्थित बाबुराजा अवालेको पुरानो घरको भुइँ तलामा रहेको पानी ट्यांकीमा सँडेगलेको अवस्थामा ११ वर्षीया दुर्गा बोहराको शव फेला परेको थियो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अंगुर जिसीले दुर्गाको हत्या गरेको आरोपमा उनकै दाजुलाई पक्राउ गरिएको जानकारी दिएका छन्।

ललितपुरको प्रहरी टोलीले जिल्ला प्रहरी परिसर ललितपुरसमेतको सहयोगमा गरेको अनुसन्धानको क्रममा दुर्गाको कान्छो दाइले हत्या गरेको खुल्न आएको उनले बताए।

दाजुबहिनीले लागुऔषधको ट्याबलेट खाएको र त्यसको नशामा आफूबाट त्यस्तो घटना हुन गएको दाजुले प्रहरीसमक्ष बताएका थिए।

प्रकाशित: २ वैशाख २०८२ १७:५६ | Tuesday, April 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast