फेला परिन् हराइरहेकी ३ महिने बालिका, बालिका बोकेर ‘भागिरहेकी’ युवती नियन्त्रणमा

रमा केसी २९ चैत २०८१ १३:५५ | Friday, April 11, 2025
फेला परिन् हराइरहेकी ३ महिने बालिका, बालिका बोकेर ‘भागिरहेकी’ युवती नियन्त्रणमा

सुर्खेत- सुतेकी ठाउँबाट हराइरहेकी दैलेखकी ३ महिने वालिकालाई प्रहरीले सकुशल उद्दार गरेको छ। गए रातिबाट हराइरहेकी दैलेख ठाटीकाँध गाउँपालिका-१, सिराडी ग्वालिपिन्नकी बमबहादुर बुढाकी तीन महिने छोरी श्रीया बुढा फेला परेकी हुन्।

उनलाई लिएर भाग्ने क्रममा २० वर्षीय एक महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ। उनी चामुण्डाबिन्द्रासैनी नगरपालिका–२, को लामिडाँडाकी शर्मिला विष्ट रहेको इलाका प्रहरी कार्यालय दुल्लुका प्रमुख श्याम अर्यालले जानकारी दिए।

शिशुलाई लिएर भाग्दै गरेको अवस्थामा उनी नियन्त्रणमा लिएको अर्यालले जानकारी दिए।चामुण्डाबिन्द्रासैनी नगरपालिका–२, को लामिडाँडा जंगलबाट प्रहरीले अन्दाजी २० वर्षीय महिलालाई नियन्त्रणमा लिएको छ।

जंगलमा भाग्दै गरेको अवस्थामा स्थानीय र प्रहरीले ती महिलालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दुल्लुका प्रमुख श्याम अर्यालले जानकारी दिए। यद्यपि ती महिलाले उक्त शिशु घरबाट आफूले नल्याएको बताएकी छन्। स्थानीयका अनुसार दुल्लुका तीन जना (पुरुष)ले बच्चा ल्याएका हुन्।

बमबहादुरको परिवार भने घर पछाडिको रूखमा आगलागी भएकाले निभाउन गएका बेला बच्ची हराएकी थिइन्। आगो निभाएपछि घर पुग्दा बच्चा गायव भएको परिवारले जनाएको छ। त्यसपछि ठाटीकाँध प्रहरीमा खबर गरेको र तत्काल प्रहरीले खोजतलास गर्दा फेला परेको थियो।

प्रकाशित: २९ चैत २०८१ १३:५५ | Friday, April 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast