प्रिमियर लिग : आर्सनल र चेल्सीको जित, युनाइटेडको हार

हिमाल प्रेस ८ वैशाख २०८२ ६:४८ | Monday, April 21, 2025
प्रिमियर लिग : आर्सनल र चेल्सीको जित, युनाइटेडको हार

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा आर्सनल र चेल्सीले जित निकाल्दा म्यानचेस्टर युनाइटेडले भने पराजय बेहोरेको छ।

आर्सनलले घरेलु टोली इप्सविच टाउनविरुद्ध ४-० को सहज जित दर्ता गर्‍यो। जितसँगै ३३ खेलमा ६६ अंक जोडको आर्सनल दोस्रो स्थानमा छ। पराजित इप्सविच समान खेलबाट २१ अंकका साथ १८औँ स्थानमा छ।

पोर्टम्यान रोड रंगशालामा आर्सनलाई जित दिलाउन लियान्द्रो ट्रोसार्डले दुई तथा गाब्रियल मार्टिनेली र इथन न्वानेरीले समान एक गोल गरे। खेलको १४ औँ मिनेटमा ट्रोसार्डको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो। २८औँ मिनेटमा मार्टिनेली टोलीको अग्रता दोब्बर बनाए।

लिफ डेभिसले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि ३२औँ मिनेटमा इप्सविच १० खेलाडीमा समेटियो।

ट्रोसार्डले ६९औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा न्वानेरीले गोल गर्दै आर्सनललाई ४-० को सानदार जित दिलाए।

अर्को खेलमा चेल्सीले फुलहमविरुद्ध २-१ को पुनरागमन जित निकाल्यो।

प्रकाशित: ८ वैशाख २०८२ ६:४८ | Monday, April 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast