प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता वैशाख २१ गतेदेखि

हिमाल प्रेस २९ चैत २०८१ १८:०२ | Friday, April 11, 2025
प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता वैशाख २१ गतेदेखि

काठमाडौँ– तेश्रो संस्करणको प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आगामी वैशाख २१ गतेदेखि काठमाडौँमा आयोजना हुने भएको छ।

नेपाली सेनाले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै तेश्रो संस्करणको प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता वैशाख २१ गतेदेखि २८ गतेसम्म त्रिभुवन आर्मी अफिसर्स क्लब र दशरथ रंगशालाको टेनिस कोर्टमा आयोजना हुने जनाएको हो।

प्रतियोगितामा खुलातर्फ महिला र पुरुष गरी चार प्रतिष्पर्धा हुनेछन् भने भेट्रानतर्फ विभिन्न उमेर समूहमा सातवटा र दुई अन्तर सरकारी प्रतिष्पर्धा हुनेछ। खुलातर्फको बिजेताले ६० हजार, उपविजेताले ३० हजार र तेश्रो हुनेले १६ हजार रुपैयाँ प्राप्त गर्ने सेनाले जनाएको छ।

त्यस्तै भेट्रान र अन्तर सरकारीविद्याका विजेतालाई नगदसहित ट्रफि र प्रमाणपत्र प्रदान गर्ने बताइएको छ। सैनिक प्रवक्ता सहायक रथी गौरव कुमार केसीले राष्ट्रिय खेलकुद क्षेत्रको विकासमा केन्द्रीत रहेर प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए।

तहगत रुपमा नै प्रभावकारी योजनासहित खेलाडीहरुको दक्षता, सिप र क्षमता अभिवृद्धि गरी उत्कृष्ट खेलाडी उत्पादन गर्ने दृष्टिकोणका साथ नेपाल टेनिस संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुने सेनाले जनाएको छ।

प्रकाशित: २९ चैत २०८१ १८:०२ | Friday, April 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast