प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता

हिमाल प्रेस २ वैशाख २०८२ १८:१५ | Tuesday, April 15, 2025
प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा। फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

सरकारको कामकारबाहीलाई लिएर सत्तारुढ दल कांग्रेसका केही नेताहरूले सार्वजनिक रूपमै असन्तुष्टि जनाइरहेका बेला दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयीक विषयमा छलफल भएको बताइएको छ।

दुई नेताका बीचमा शिक्षक आन्दोलन, दुई दलबीचको सहमति कार्यान्वयन, राजनीतिक संयन्त्रको बैठक बस्ने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: २ वैशाख २०८२ १८:१५ | Tuesday, April 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast