प्रधानमन्त्रीले शिक्षकहरूलाई भने- ऐन माग्न सडकमा आउनै पर्दैन, वार्तामा बसेर विद्यालय फर्कनुस्

हिमाल प्रेस ८ वैशाख २०८२ १६:०० | Monday, April 21, 2025
प्रधानमन्त्रीले शिक्षकहरूलाई भने- ऐन माग्न सडकमा आउनै पर्दैन, वार्तामा बसेर विद्यालय फर्कनुस् प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन आह्वान गरेका छन्।

नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औँ राष्ट्रिय सम्मेलनको सोमबार कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार दमनकारी नभई लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका जायज मागलाई सम्बोधन गरिने बताएका हुन्।

‘विद्यालय शिक्षा विधेयक संसदीय समितिमा विचाराधीन छ। ऐन ल्याउन भनेर यत्रा शिक्षकहरू सडकमा आन्दोलनमा आउनु पर्दैन। भर्ना अभियान सुरु भइसकेको छ। कृपया जानुस्, विद्यालयमा गएर भर्ना गराउनुस्। एसईईको उत्तरपुस्तिका परीक्षण गर्नुस्। एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल गराइएको भन्ने मेरो भनाइले चित्त नदुखाउनुस्। गुणस्तरीय शिक्षाका लागि लाग्नुस्।’

प्रधानमन्त्री ओलीले शिक्षकहरुको आन्दोलनले विद्यार्थी र अभिभावकलाई घाटा भइरहेको बताए। उनले भने, ‘शिक्षकहरुलाई लाभ छैन त्यसकारण अविलम्ब वार्तामा बसेर आन्दोलन अन्त्य गर्नुस्। प्रतिगामी तत्त्वहरु सल्बनाएका बेला तपाईँहरुले आन्दोलन गर्ने उपयुक्त समय पनि यो होइन।’

प्रकाशित: ८ वैशाख २०८२ १६:०० | Monday, April 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast