प्रजातन्त्र सेनानी मोतीकुमार श्रेष्ठको निधन

हिमाल प्रेस ३ वैशाख २०८२ १०:४४ | Wednesday, April 16, 2025
प्रजातन्त्र सेनानी मोतीकुमार श्रेष्ठको निधन

काठमाडौँ- प्रजातन्त्र सेनानी मोतीकुमार श्रेष्ठको ९३ वर्षको उमेरमा उपचारका क्रममा यहाँ निधन भएको छ। तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी नेपाली कांग्रेसका नेता श्रेष्ठको मंगलबार राति निधन भएको हो।

विसं २००७ को जनक्रान्तिमा बन्दीपुरमा भएको संघर्षमा उनले अग्रपंत्ति मा रहेर काम गरेको थियो। आजै उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ।

यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका थिए।

प्रकाशित: ३ वैशाख २०८२ १०:४४ | Wednesday, April 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast