 
                             
                                            काठमाडौँ- प्रगतिशील लेखक संघ (प्रलेस) को अध्यक्षमा डा. देवी क्षेत्री दुलाल चयन भएका छन्।
प्रलेसको १३औँ राष्ट्रिय सम्मेलनले दुलालको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो।
केन्द्रीय समितिको उपाध्यक्षमा समीर सिंह र डा अमृता शर्मा, महासचिव पारस ढकाल, उपमहासचिव बोधकुमार घिमिरे, सचिव डा. हरिप्रसाद तिमल्सिना र कुशल बोगटी तथा कोषाध्यक्षमा डा।कृष्ण सुवेदी चयन भएका छन्।
प्रलेसमा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, माले, विप्लव नेतृत्वको नेकपा, नेकपा मसाललगायतका वामपन्थी दल निकटका लेखक, कलाकार आवद्ध छन्।
                            प्रकाशित: २६ चैत  २०८१ ९:३२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 