पोप फ्रान्सिसको निधन

हिमाल प्रेस ८ वैशाख २०८२ १६:०६ | Monday, April 21, 2025
पोप फ्रान्सिसको निधन पोप फ्रान्सिस

भ्याटिकन सिटी– पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन भएको छ। भ्याटिकनको सेन्ट पिटर्स स्क्वायरमा ‘इस्टर सन्डे’ का निम्ति उपस्थित भएको २४ घण्टा नबित्दै पोपको निधन भएको हो।

‘प्रिय दाजुभाइ र दिदीबहिनीहरू, मैले गहिरो दुःखका साथ हाम्रा पवित्र पिता फ्रान्सिसको निधनको घोषणा गर्नुपरेको छ’, कार्डिनल केभिन फारेलले भ्याटिकनद्वारा आफ्नो टेलिग्राम च्यानलमा प्रकाशित वक्तव्यमा भने, ‘आज बिहान ७ः३५ बजे रोमका बिसप, फ्रान्सिस, पिताको घरमा फर्किनुभयो, उहाँको सम्पूर्ण जीवन प्रभु र उहाँको चर्चको सेवामा समर्पित थियो।’

उनी गम्भीर बिमारी थिए। इस्टर आइतबार सेन्ट पिटर्स बेसिलिका बालकोनीमा देखा परेर भ्याटिकनमा भक्तहरूको भीडलाई प्रसन्न तुल्याएको ठिक एक दिनपछि फ्रान्सिसको निधन भएको हो। आइतबार उनले सेन्ट पिटर्स स्क्वायरमा भीडलाई हात हल्लाउँदै इस्टरको शुभकामना दिएका थिए।

रोमन क्याथलिक चर्चको सर्वोच्च पदमा पुग्ने उनी पहिलो ल्याटिन अमेरिकी थिए। सन् १९३६ मा आर्जेन्टिनामा बसोबास गरेका इटलीका आप्रवासीहरूको परिवारमा उनको जन्म भएको थियो।  -एपी/रासस

प्रकाशित: ८ वैशाख २०८२ १६:०६ | Monday, April 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast