पोखरा चाइल्ड स्टार सिजन–४

हिमाल प्रेस ७ वैशाख २०८२ २१:१६ | Sunday, April 20, 2025
2
SHARE
पोखरा चाइल्ड स्टार सिजन–४

पोखरा– पोखरा पब्लिक स्कुलका प्रवीन श्रेष्ठ र सेन्ट मेरी स्कुलकी आइरा गुरुङले पोखरा चाइल्ड स्टार सिजन–४ को उपाधि जितेका छन्।

नन्द इन्टरटेन्मेन्ट हाउसले आयोजना गरेको प्रतियोगिताको ग्राण्ड फिनालेमा उत्कृष्ट प्रदर्शन गर्दै उनीहरुले उपाधि जितेका हुन्।

बालकतर्फ प्रथम रनर अप जिवेश थापा र दोस्रो रनर अप अस्मिन भुजेल बने। मोस्ट ट्यालेन्टेड अवार्ड प्रतीक श्रेष्ठले जिते।

बालिकातर्फ प्रथम रनर अप ग्रीष्मा गौतम र सेकेण्ड रनरअप पूनम सेन ठकुरी घोषित भइन्। बेस्ट क्याट वाक अवार्ड रिहाना बास्तोला र बेस्ट पोज अवार्ड गरिमा सिंहले हात पारिन्।

प्रमुख अतिथि गण्डकी प्रदेशसभा एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपाली थिए। विशेष अतिथिमा लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुली अधिकारी थिइन्।

प्रमुख निर्णायकमा पोखरा विश्वविद्यालयकी प्राडा. दीपमाला श्रेष्ठ थिइन्। निर्णायकमा संगीतकार रमेश श्रेष्ठ, पत्रकार तथा गीतकार आरजू बिष्ट ‘सल्यानी’, मोडल माया गुरुङ र ई. अनिल ढुंगाना थिए।

गण्डकी प्रदेशसभा एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपाली, लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुली, इन्टरनेशनल कलेज अफ एप्लाइड साइन्स (आइक्यास) का प्रबन्ध निर्देशक समीर थापालगायतले यसप्रकारका प्रतिस्पर्धाले बालबालिकाको प्रतिभा प्रस्फुटनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रम सञ्चालन सञ्चारकर्मी दीपेन्द्र शाही ‘देवेन्द्र’ ले गरेका हुन्।

सो अवसरमा शिखर संगीत सम्मान–२०८२ बाट सुरेन्द्र महर्जन ‘अमर’ तथा सोसल आइडल सम्मानबाट प्राडा दीपमाला श्रेष्ठ गुरुङ, ईश्वरी बिक र बुद्धि मिजार सम्मानित भए।

प्रकाशित: ७ वैशाख २०८२ २१:१६ | Sunday, April 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast