पूर्वहवल्दार बोहोरा मिरापिक हिमालमा

हिमाल प्रेस १५ वैशाख २०८२ ११:४२ | Monday, April 28, 2025
पूर्वहवल्दार बोहोरा मिरापिक हिमालमा

काठमाडौँ- सशस्त्र प्रहरी पूर्वहवल्दार अक्कलबहादुर बोहोराले ६ हजार ४ सय ७६ मिटर अग्लो मिरापिक हिमालको सफल आरोहण गरेका छन्। सगरमाथा आरोहणका क्रममा उनले मिरापिक हिमालको चुचुरोमा सशस्त्र प्रहरी बल, नेपालको झण्डा फहराएका हुन्।

बोहोरा गत चैत्र २८ गते संगठको झण्डा लिई विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि त्यसतर्फ प्रस्थान गरेका थिए।

सेवाबाट अलग भएपछि लामो समयदेखि स्पेनमा बस्दै आएका बोहोराले आफूलाई संगठनले धेरै माया गरेको तथा भविष्यको बाटो देखाउन सफल भएकोले संगठनको लागि केही गर्नुपर्छ भन्ने भावनाले नै संगठनको झण्डा बोकेर लागेको सशस्त्रका डीएसपी एवं प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित: १५ वैशाख २०८२ ११:४२ | Monday, April 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast