पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

हिमाल प्रेस ३० चैत २०८१ १७:२७ | Saturday, April 12, 2025
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा
काठमाडौँ– पूर्वसचिव शंकरप्रसाद पाण्डेको संस्मरणात्मक निबन्ध ‘सम्झनाका फूलहरू’ बजारमा आएको छ।शनिबार यहाँ आयोजित एक कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पुस्तक विमोचन गरेकी हुन्। पुस्तकमा लेखक पाण्डेले भौतिक विकास, पर्यावरण संरक्षण, मुलुकको कूटनीति, शिक्षा तथा प्रशासन सेवाका अनुभव समेटेका छन्।

नेपाली साहित्यमा अनुपम मानिएको ‘मुनामदन’ का रचयिता महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमा राष्ट्रसेवकका रुपमा ल्हासामा रहँदा स्थापना गराउँदाको अनुभव पनि पुस्तमा समेटिएको छ।

पुस्तक विमोचनपछि पूर्वप्रधानन्यायाधीश  कार्कीले पुस्तकका माध्यमबाट  राज्यव्यवस्था र त्यससँग सम्बन्धित विषय सार्वजनिक गरेर लेखकले आम पाठकलाई गुन लगाएका बताइन्।

कवि प्रह्लाद पोखरेलले पुस्तक नयाँपुराना दुवै पुस्ताले पढ्नुपर्ने बताए।

काठमाडौँ महानगरपालिका–  १७ का वडाध्यक्ष रोजिना श्रेष्ठले पुस्तकका केही प्रसंग हरेक नेपालीको  जीवनसँग मिल्ने किसिमका भएकाले पुस्तक पठनीय भएको टिप्पणी गरिन्।

प्रकाशित: ३० चैत २०८१ १७:२७ | Saturday, April 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast