पूर्वप्रधानमन्त्री भट्टराई भारत प्रस्थान

हिमाल प्रेस १३ वैशाख २०८२ १७:३७ | Saturday, April 26, 2025
पूर्वप्रधानमन्त्री भट्टराई भारत प्रस्थान

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन्।

उनी प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अथितिका रूपमा सहभागी हुन शनिबार त्यसतर्फ गएको पार्टी उपाध्यक्ष मानुषी यमीले जानकारी दिइन्।

आइतबारदेखि भारतको फरिदाबादमा समाजको अधिवेशन सुरु हुँदैछ।

डा. भट्टराईका साथ उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी र सचिव एवं प्रवास प्रदेशअन्तर्गतका भारतका ईन्चार्ज शन्देश कार्की छन्।

प्रकाशित: १३ वैशाख २०८२ १७:३७ | Saturday, April 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast